गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
काठमाण्डौ , असार १। प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् ।
एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फकीएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘धर्म सस्कृतिमा प्रतिकुल असर पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्याउँछ ’उनले भने ।
उनले सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने उल्लेख गरे ।
गएको जेठ २५ गते युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्केका हुन् ।
प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका थिए ।
यसैबिच गुठी विधेयकलाई लिएर अहिले विशनल प्रदर्शन भइरहेको छ। इो विधेक फिर्ता लिन माग गर्दै विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । विधेक फिर्ता नलिए सरकार विरुद्ध कडा भन्दा कडा आन्दोन गर्ने चेतावनी आईरहेका छन् ।
गुठी विधेयकदेखि मिडिया विधयकलाई लिएर संसदमा आक्रोस र चर्काचर्कि समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्