गुठी विधयकलाई लिएर संसदमा चर्काचर्की

काठमाडौं, १ असार । गुठी विधेयकदेखि मिडिया विधयकलाई लिएर संसदमा आक्रोस र चर्का चर्कि भएको छ । संसदमा बोल्दै नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गर्ने काम गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद परियारले सरकारले किसानको नाममा धर्म , संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाइनन् । उनले नेपाली काँग्रेस गरिबलाइृ धनी बनाउने पार्टी भएकको बताए । मानव सुचांकमा परेको दलतिलाई उठाउने खालको कार्यक्रम लाएनु पर्ने बताए ।

उनले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्याउने चेतावनी दिइन्। ‘शक्ति र बल छ भन्दैमा फलाममा गएर मुड्की बजार्दैमा त्यो हात सफल रहन्छ भन्ने छैन,’ उनले भनिन्, ‘त्यसले घाउ चोट लाग्न सक्छ। सरकारले थाहा पाओस् कि नेपालमा गुठी विधेयकलाई लिएर संविधानलाई नै मास्ने प्रयत्न गरेको छ , त्यो प्रयत्न क्यान्सरको रुपमा भोलि खडा हुनेछ।’

उनले गुठी व्यवस्था आफैमा सम्पदा भएको भन्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिइन्।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए। लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरित भएको भन्दै सच्याउन बारम्बार सचेत गराउदा पनि सरकारले वेवास्ता गरेको भन्दै उनले संविधानमा उल्लेखित समानुपातिक समावेशी व्यवस्था कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सचेत गराए। उनले गुठी विधेयकको विरोध गरे ।
संसद प्रेमसुवालले गुठी व्यवस्था आफैमा सम्पदा भउकनले त्यसको संरक्षण्मा सरकार लाग्नुपर्ने बताए । विभिन्न स्थानमा भएको भू–हिनामिलालाई कानूनको दायमा ल्याई बारवाही गर्नुपर्न बताए । नेपाल भारतको मिा सुरक्षा लगायत विभागिय मन्त्रालयहरले यसप्रति सयमै ध्यान निदनुपर्र्ने बताए ।
सभामुख महराले आइतबारको बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेस र राजपाका सांसदहरुले उठेर ध्यानाकर्षण गराएपछि सभामुखले नेपाली कांग्रेसकी सांसद परियार र राजपाका सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्