प्रधानमन्त्री ओली स्वदेश फिर्ती, मित्रराष्ट्रबीचको सम्बन्धम अझै प्रगाढ

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता भएका हुन् ।
फिर्तीसवारी पछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रमण अत्यन्त सफल भएका र यसले मित्रराष्ट्रबीचको सम्बन्धममा अझै प्रगाढ बनाएको बताए ।

हिजो साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमान मार्फत स्वदेशतर्फ लागेका प्रधानमन्त्री ओली आज बिहान काठमाडौँ अवतरण भएका थिए ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।

दुई दिन स्वीट्जरल्याण्ड बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए ।
यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्