३० अर्बभन्दा बढीको बजेट ल्याउँदै गण्डकी प्रदेश
पोखरा, जेठ ३२ । गण्डकी प्रदेशले ३० अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ ।
प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो ।
आन्तरिक स्रोत राम्रो नभए पनि बजेट भने राम्रो ल्याउने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दाबी गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभालाई पोखरामा शनिबार सम्बोधन गर्दै उनले सीमित स्रोत, साधनका बावजुद बजेट राम्रो ल्याइने बताए ।
गण्डकी प्रदेश सरकारले गत वर्षको भन्दा करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको बराबरको बजेट ल्याउने तयारी गरेको हो ।
गण्डकी प्रदेशले कृषि, पर्यटन, उर्जा, उद्योग क्षेत्रलाई आधार बनाएर बजेट ल्याउने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्