अर्घाखाँचीमा पाए एक सय ३५ जनाले रोजगारी, विदेशिएका युवालाई घर फर्किन आग्रह

काठमाडौं, जेठ ३२ । अर्घाखाँचीमा एक सय ३५ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाणिनी गाउँपालिकामा रहेका एक सय ३५ जनाले रोजगारी पाएका हुन् ।

रोजगारीका लागि आवेदन भरेका २८ सय जनामध्ये १ सय ३५ जना छनौटमा परेका छन् । छनौट भएकालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामजी घिमिरेले सरकार देशको विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताए । कार्यक्रममा छनौट भएकाहरुलाई राम्रोसँग काम गर्न समेत उनले आग्रह गरे ।


गाउँपालिका अध्यक्ष अच्युत गौतमले कुरा न्दा काम गर्ने बानीको विकास गर्नपर्ने भन्दै कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए ।

यस्तै आफ्नै देशमा काम गर्नुपर्ने वातावरण तयार भएको दाबी गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले विदेशिएका युुवाहरुलाई पनि फर्केर स्वदेशमै काम गर्न आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीका अनुसार छनौट भएकाहरुले आफ्नै वडामा भत्केका बाटा मर्मत गर्ने, कुला बनाउने, नयाँ बाटो खन्ने जस्ता काम गर्नुपर्ने छ ।

यसरी आफ्नै वडामा काम पाउँदा युवाहरुमा केहि उत्साह पलाएको छ । अब उनीहरुले आफ्नै ठाउँको विकासका निमार्णमा जुटनु पर्ने हुन्छ ।

छनौट भएकाहरुले आफ्नै वडामा भत्केका बाटा मर्मत गर्ने, कुला बनाउने, नयाँ बाटो खन्ने जस्ता कार्य गर्ने जिम्मा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्