प्रधानसेनापति पूर्णचन्द्र थापा एक साताका लागि चीन जादैँ , किन ?

काठमाडौं , जेठ ३१ । प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाने भएका छन् । प्रधानसेनापति थापा जनमुक्ति सेनाको निमन्त्रणामा एक साताको लागि चीन जान लागेका हुन् ।

थापा नेतृत्वको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जना समेत रहनेछन्।

प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाली सेनाले उच्च तहका सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीय हित र पारस्परिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापतिसहितको टोलीे असार ७ गते स्वदेश फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्