सरकारले बढायो सार्वजनिक यातायातको भाडा, असार १ गतेदेखि लागु हुने, कति बढ्यो त ?
काठमाडौं , जेठ ३० । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । १२ प्रतिशत वृद्धि हुने गरि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
बढेको भाडा असार १ देखि लागू हुने विभागले जनाएको छ ।
यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।
मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ ।
महानिर्देशक दाहालका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो ।
यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ ।
यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।
प्रतिक्रिया दिनुहोस्