शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु
काठमाडौं, २८ जेष्ठ (जास) । दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका ४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले बताए ।
विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको जानकारी दिएको छ ।
ज्यान गुमाउनेमा अन्दाजी ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ९ वर्षका सुदिश धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अझै शवहरु हुनसक्ने प्रहरीको आशंका गरेको छ । उद्धारको लागि प्रहरी टोली र स्थानीयहरुले सक्रिय रहका छन् ।
प्रतिक्रिया दिनुहोस्