पुनर्निर्माणका लागि भारतले दियो नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ सहयोग
काठमाडौ, २७ जेठ । पुनर्निर्माणका लागि भारतले दियो नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई यो रकम हस्तान्तरण गरेको हो ।
अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई सो रकम बराबरको एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।
नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि उक्त रकम खर्च गरिने बताइएको छ ।
भारत सरकारले पहिला सन् २०१८ मा पनि पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्