क्षयरोगका बिरामी पहिचानमै समस्या, नियन्त्रणका लागि सरकार तत्पर रहेको उपप्रधानमन्त्री यादवको भनाइ

काठमाडौं,जेठ २६ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार तत्पर रहेको बताएका छन् । उनले क्षयरोग नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धी अन्तर्क्िरया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । क्षयरोग नियन्त्रणका लागि अन्तर्रा्ष्ट्रिय समुदायले नेपालमा र्पुयाउँदै आएको सहयोगको पनि खुलेर उनले प्रशंसा गरे।

उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना पनि अघि सारे।


उपप्रधानमन्त्री यादवले सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको बताए।

उपप्रधानमन्त्री यादवले क्षयरोग निवारणका लागि सरकार प्रतिबद्ध भएर लागिपरेको पनि बताए। नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिबद्धता विश्व स्वास्थ्य संगठनमा जनाइसकेको छ।

सो प्रतिबद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको उपप्रधानमन्त्री यादवको दाबी छ।

यसैबिच नेपालमा क्षयरोगका बिरामी पहिचान गरी उपचारको दायरामा ल्याउन अझै समस्या रहेको अन्तर्रा्ष्ट्रिय अनुगमन अभियानले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन र नेपाल क्षयरोग केन्द्रको संयुक्त सहयोगमा भएको अनुगमनले क्षयरोग निवारण गराउन नेपाल सरकारबाट सञ्चालन भएका कार्यक्रमहरु पर्याप्त नभएको जनाएको हो ।

अनुगमन अभियानका टिम लिडर डा.पल ननले धेरै क्षयरोगी अझै सम्पर्कमा आउन नसकेको र त्यसमा नेपाल सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए ।

गत १४ महिनाको अवधिमा ३ प्रतिशत क्षयरोगी पत्ता लागेको भन्दै उनले क्षयरोग पत्ता लाग्ने ल्यावहरु राख्नु पर्ने र स्थानीय सरकारलाई पनि परिचालन गर्नु पर्ने सुझाव दिए ।

नेपालमा प्रत्येक वर्ष १३ हजार क्षयरोगका बिरामी सम्पर्कमै नआउने अनुमान गरिएको छ । प्रत्येक वर्ष ५ देखि ९ हजार बिरामीको क्षयरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालले सन् २०५० सम्म क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्