भरतपुर विमानस्थलको १७ वर्षपछि धवनमार्गमा कालोपत्र थपिँदै
काठमाडौं,जेठ २६ । भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिने भएको छ । बजेट अभावले लामो समयदेखि रोकिएको विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको हुन् थालेको हो ।
विमानस्थललाई नेपाल नागरिक उड्डयन प्रधिकरणले रु ९ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने कार्य ‘ओभरले’ गर्न थालेको हो ।
धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ ।
‘मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ’, उनले भने, ‘बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौं । कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौं ।’ भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् ।
सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्ष्भित्र कालोपत्र गरिनुपर्नेमा भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जोड दिए ।
प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालिका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाइ थियो ।
गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ ।
एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिदैछ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्