साधना र आर्थिक समृद्धिको विशेष साधारण सभा सम्पन्न, १००:८० सेयर स्वाप रेसियो पारित

गोरखा । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु डुम्रेमा केन्द्रिय कार्यालय रहेको आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्ने बिशेष प्रस्ताब पारित सहित बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

सम्पन्न बिशेष साधारण सभाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मुल्याङ्गकन प्रतिवेनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको छ । उक्त साधारण सभाले एक्विजिसन पश्चात १००% हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्ता पूँजी रु १४ करोड ७० लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष कुष्ण बहादुर थापाले एक्विजिसन पछि वित्तीय संस्था १० जिल्ला मात्र सिमित नरही राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित हुने जानकारी गराउदै राष्ट्र बैक तथा नियमनकारी निकायहरुको निर्देशन बमोजिम वित्तीय संस्थालाई अब्बल राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित गराई गाम्रिण दुरदराजमा गई वित्तीय सेवाको साथै सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गर्ने उदेश्य रहेको बताउनु भयो ।
त्यस्तै गरि संचालक रमेश सापकोटाले एक्विजिसन पश्चात वित्तीय संस्थामा थप चुनौतिहरु बढेता पनि थप जिम्मेवारीका साथ गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । त्यस्तै साधारण सभामा पुर्व संचालक हरि प्रसाद अर्याल, रविन अधिकारी र सुशिल काजि बानियाँले आगामी दिनहरुमा पनि नियमनकारी निकायहरुको परिवर्तित निर्देशन भित्र रहि सफलतापुर्वक संस्था संचालन गर्न संञ्चालक समितिलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैकको निर्देशन पश्चात लघुवित्तकै क्षेत्रमा यो एक्विजिसन पहिलो रहेको र यसलाई सफलता पुर्वक सम्पन्न गरि आगमि दिनहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरु सँग समेत मर्जर/प्राप्ति सम्वन्धमा छलफल गरि सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्