कोरियन भाषा (ईपीएस) परिक्षा भोलिदेखि, प्रवेश पत्र र राहदानी अनिवार्य लैजानुपर्ने
काठमाडौं, २४ जेष्ठ । नेपाली युवाहरुको आकर्षक गन्तव्यको रुपमा रहेको (ईपीएस)को परिक्षा भोलि (शनिबार) देखि सुरु हुँदैछ । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषाको परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुने ईपीएसले जनाएको छ ।
सन् २०२० का लागि लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको लैजाने कोटा निर्धारण गरेको ईपीएसले यस कोटाका लागि ९२ हजारभन्दा बढी युवाहरुले भाषा परिक्षा दिंदैछन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।
यसको नतिजा असार १३ गते प्रकाशित हुनेछ ईपीएसले जनाएको छ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।
जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा त्यस अन्तरगत दिनुपर्छ । गतवर्षभन्दा पनि अघिल्लो वर्षभन्दा ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका थिए । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुलाएको थियो ।
१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ ।
परीक्षा दिन आउँदा परिक्षर्थीले प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन पर्ने ईपीएसले जनाएको छ । यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ ।
यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले परिक्षार्थीहरुलाई अनुरोध गरेको छ ।
नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षमा पास भएका कामदार कोरिया लान थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्