ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वको लागि प्रधान नेतृत्वको प्यानलले गरे उमेद्वारी घोषणा
काठमाडौं, २३ जेष्ठ । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते निर्वाचन हुन गईरहेको छ । यस परिषद्को निर्वाचन अति रोचक पनि बन्न गएको छ । ठमेलका व्यवसायीहरुको मुद्धालाई सम्बोधन गर्नका लागि स्थापना गरिएको परिषद्को निर्वाचन त्रिकोणात्मक प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
अर्जुन लाल प्रधान अध्यक्ष नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरिसकेको छ । परिषद्को नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा ठमेलको मनाङ्ग होटलमा बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रधान अध्यक्ष नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको हो ।
यो समूहमा अध्यक्ष पदका लागि अर्जुन लाल श्रेष्ठ, उपाध्यक्षहरुमा महेश महर्जन, टासी गुरुङ्ग, पासाङ्ग गुरुङ्ग, महासचिवमा सहदेव धमला ९बिमल०, सचिवमा बद्रीप्रसाद तिमल्सिना, कोषाध्यमा पुण्य राम लागेजु, सदस्यहरुमा नरेन्द्र बहादुर श्रेष्ठ, बिनोद श्रेष्ठ, कुलसाङ्ग दार्जे लामा, राजन प्रसाद कंडेल र राजेन्द्र प्रसाद प्रधान रहेका छन् ।
प्रधान नेतृत्वको समूहलाई ठमेल पर्यटन विकास परिषद् संस्थापक सदस्य तथा पूर्व अध्यक्ष तेजेन्द्र श्रेष्ठको समर्थन भएकाले चुनाव जित्ने बलियो आधार समेत बनेको छ । यस समुहका उमेद्वारहरु ठमेललाई बुझेको ब्यवसायीको मुद्धामा सधैं संघर्ष गरेका अनुभवी र दक्ष भएकाले यो समुहलाई व्यवसायीहरुको साथ रहेको छ ।
प्यानल घोषणा कार्यक्रममा बोल्दै अर्जुन लाल प्रधान नेतृत्वको प्यानलका महासचिव पदका उम्मेदवार तथा युवा पर्यटन व्यवसायी सहदेव धमलाले केही नयाँ भिजन र एजेन्डाका साथ आफू महासचिवका लागि उम्मेद्वारी दिएको बताए ।
उनले ठमेल आसपासमा रहेका सम्पदा क्षेत्रहरुको संरक्षण र प्रबद्र्धन गर्ने, सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित अन्तक्र्रिया गरि समस्याहरुको समाधान गर्ने, अनाधिकृत गतिविधिहरु रोक्ने, व्यवसायी र परिषद्बीचको अन्तरक्रियात्मक कार्यक्रमहरु गर्ने बताउँदै उनले व्यवसायीहरुलाई अपनत्वबोध गराउने तथा आपतकालिन समस्या समाधान गर्नका लागि उद्धार टोली गठन गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले परिषद्मा वार्षिक क्यालेन्डरनै बनाएर काम गर्ने बताए ।
परिषद्को कार्यसमिति सदस्यमा रही विदेश विभागको नेतृत्व समेत गरिसकेका धमलाले भने, “ठमेलको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो मुख्य उदेश्य हो । जसले ठमेललाई ठमेल बनायो र चिनायो त्यही कुरा अहिले गुमनाम भएको छ । सो क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ भन्ने लाग्छ । पर्यटकीय क्षेत्र ठमेललाई ‘ग्रेटर ठमेल, बेटर ठमेल’ बनाउने हाम्रो प्यानलको सोच रहेको छ ।”
यो प्यानलले ठमेलको शान्ति सुरक्षा, पार्किङ्ग व्यवस्थापन, ठमेल क्षेत्रको म्यापिङ्ग, अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने, पर्यटकीय सूचना केन्द्र स्थापना, फोहोर खानेपानी तथा ढल निकास, घरधनी र व्यवसायीबिचको सम्बन्ध विस्तार, सडक बालबालिका र मगन्तेलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने, ठमेल क्षेत्रको सम्पदाहरुको संरक्षण गर्दै ठमेललाई विश्व स्तरमा प्रचार–प्रसार गर्ने मुख्य एजेण्डा रहेको छ ।
कार्यक्रममा परिषद्का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष तेजेन्द्र श्रेष्ठले यस समुहलाई आफ्नो पूर्ण समर्थन रहेको बताउदै ठमेललाई साच्चै ठमेल जस्तै बनाउनको निमित्त यस प्यानललाई जिताउन सबै व्यवसायीलाई आग्रह गरे ।
साथै यस समूहका अध्यक्ष प्रधानले भाषण भन्दा काममा गरेर देखाउने बताउदै सम्पूर्ण व्यवसायीहरुलाई यो समूहका प्यानललाई अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरे ।
परिषद्को २३ औं तथा २४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही जेठ २५ गते हुँदैछ । परिषद्मा ८ सय २ सदस्य रहेका छन् भने १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । जसमा २ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । हालको मतदाता सख्या भने ७८७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्