‘समानुपातिकतर्फको बन्द सूची तलमाथि गरेको पाइए कारबाही’ : प्रमुख आयुक्त यादव
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छानविन गरिरहेको बताए ।
‘निर्वाचनआयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचीमा नाम जुन बुझाइएको छ, त्यहीअनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानून र निर्देशिका विपरीत हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।’
प्रतिक्रिया दिनुहोस्