शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकेमा मात्रै दिगो विकास हुन्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं , जेठ २२ । अर्थमन्त्री डा.युवराज खतिवडाले शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकेमा मात्रै दिगो विकास हुने बताएका छन् ।

उनले यसका लागि सरकारले सोहीअनुसारको नीति अबलम्बन गरेको समेत बताए ।

विकासका लागि मानवीय क्षमतामा विकास गर्नु पर्नेमा अर्थमन्त्री डा.युवराज खतिवडाले जोड दिए ।

उनले मानवीय जनशक्तिलाई बलियो र स्वस्थ बनाउन सके मात्रै देशलाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताएका हुन् ।

काठमाडौंमा विश्व बैंकले आज गरेको नेपाल–भुटान मानव संशाधनमा लगानी फोरम विषयक कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले विकासका लागि मानवीय क्षमतामा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

साथै उनले आर्थिक वर्ष २०७६र७७ को बजेटमा पनि शिक्षा, स्वास्थ र खानेपानीलाई २१ देखि २२ प्रतिशतसम्म बजेट विनियोजन गरिएको समेत बताए ।

दिगो विकासको मुख्य पक्ष नै जनशक्ति भएकाले विकासका काममा मानव संशाधनको विकासमा जोड दिनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा भुटानी अर्थसचिव निम दोर्जीले मानव विकासका लागि शिक्षा र स्वास्थको क्षेत्रमा लगानी गर्नु अत्यावश्यक भएको बताए ।

सुरक्षित मातृत्वका लागि र बच्चाको स्वास्थमा लगानी गर्न सके मात्रै देश विकासले गति लिन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्