लोकसेवा आयोगको विज्ञापन नसच्याए देश ठप्प पारिन्छः विद्यार्थी नेता यादव (भिडियो सहित)

काठमाडौं, २५ जेठ । संयुक्त विद्यार्थी संघर्ष समितिले कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले निकालेको विज्ञापन सच्याउन माग गर्दै काठमाडौंंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।
लोक सेवा आयोगले आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्र्थीहरुले काठमाडौंंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक र समावेशी पद्धति अनुरुप विज्ञापन गर्न समेत आयोगलाई आह्वान गरेका छन् ।

आयोगले आह्वान गरेको विज्ञापनमा समावेशी, दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै यसकै विरोधमा विद्यार्थीहरुले राष्ट्रिय जनतापार्टी को कार्यालय घेराउ गर्दै आयोगको विज्ञापन सच्याउन पहल गर्न राजपाका अध्यक्षसहित नेताहरुलाई आग्रह गरेको छन् ।

विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघका निर्वतमान महामन्त्री कप्लेश्वर यादवले लोकसेवा आयोगले कर्मचारी भर्ना आह्वानको विज्ञापनमा समावेशी, दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेकोले विरोध उत्रनु परेको बताए । उनले विज्ञापन खारेजी गर्न माग गरे । विद्यार्थीहरुले विज्ञापनमा समावेशी ‘क्लस्टर’ नछुट्याउनु त्रुटीपूर्ण भएको बताए । ‘लोकसेवा आयोग संवैधानिक अंग हो, मधेसी आयोग पनि संवैधानिक अंग हो उनले भने, ‘विज्ञापन खुलाएपछि लोकसेवा आयोगमा पुगेर छलफल पनि गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्