सुधार अभियानः कुलमानले ल्याए एकैदिन तीन वटा सब-स्टेसन सञ्चालनमा
काठमाण्डौ , जेठ २१ । नेपाल विद्युत प्राधिकरणले एकै दिन तीन वटा सब(स्टेशन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले तीन वटा सब-स्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालनमा ल्याएको हो ।
सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३-११ केभी सब-स्टेसनको परीक्षण गरी सञ्चालन (चार्ज)मा ल्याइएको हो । यसैगरि सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमशस् बोदेबर्साइन र पालुङटार सब-स्टेसन निर्माण गरि सञ्चालनमा ल्याइएको हो ।
नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि देशैभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ ।
बाँकेको धामपुरमा निर्माण भएको ३३-११ केभी सब-स्टेशनको निर्माण तथा परीक्षण सम्पन्न भएर चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७ को जेठबाट धामपुर सब-स्टेशन निर्माण सुरु गरेको थियो ।
सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित,भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
नेपाल सरकार, प्राधिकरणको लागनी र दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा वितरण सब-स्टेशनको निर्माण भइरहेको छ ।
एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ ।
यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सब(स्टेशन सञ्चालनमा आइसकेका छन् ।
त्यसमध्ये चालु आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा ५ वटा सब-स्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताए ।
नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सब(स्टेशनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका करिब ९५ हजार जनता लभान्वित हुने छन् ।
सब(स्टेशनबाट ११ केभीका ४ वटा फिडर निकालेर दुई गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंंहले बाए ।
सरकारले सञ्चालनमा रहेका र आगाम िदिनमा खुलने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपुर्तिका लागि उच्च क्षमताका प्रसारणलाई बनाउने नीति लिएको छ ।
यसका लागि प्राधिकरणले सब(स्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब(स्टेशन बनाउने लगायतका काम गरिरहेको छ । यि कार्यहरु धमाधम भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्