धादिङ्गका कृषकहरुले कृषि मन्त्रीको राजीनामा माग गर्दै जिल्ला प्रशासन कार्यालय घेरे
काठमाडौं, २० जेष्ठ । समृद्धि र सुखि नेपालीको कुरा गर्ने दुईतिहाई सरकारले मल वितरण गर्न समेत नसक्दा कृषकले आन्दोलन गर्नु पर्ला भन्दा सबैलाई उदेक लाग्ला । तर यस्तै भएको छ, धादिङ्गमा । मकैमा चमारा र घोगा लाग्ने बेलासम्म पनि खेतबारीको मकैमा हाल्ने रासायनिक मल नपाएको भन्दै धादिङका कृषक आन्दोलित भएका छन् । मल लिन जिल्ला सदरमुकाम धादिङ्गबेसी पुगेका कृषकहरुले ४ दिनसम्म त्यहि बास बसी प्रत्येक दिन बिहान करिब ३ बजेदेखि नै लाइनमा बस्दा पनि मल नपाएपछि बाध्यभई जिल्ला प्रशाशन कार्यालय घेराउ गनुपरेको हो ।
कृषकहरुले रित्तो बोरा लिएर जिल्ला प्रशासन कार्यालय घेराउ गरि नारा जुलुस गरेक थिए । उनीहरुलाई नारा जुलुस गर्नु कुनै रहर नभई बाध्यता हो । किनकी उनीहरुको वर्षदिन भरी खाने मकैमा हाल्ने मल नपाई खेतबारीमा सुकिरहेका छन् । यो उनीहरुको पीडिाको आक्रोश हो ।
कृषिप्रधान मुलुकमा मल नपाएर मकै घोगा नलाग्ने अवस्थामा पुगेको भन्दै आक्रोशित कृषकहरुले नाराजुलुस गर्दै कृषिमन्त्रीको राजीनामा समेत मागेका छन् ।
धादिङ्गको निलकण्ठ नगरपालिका कृषि सहकारीले अनुदानमा मल वितरण गर्ने जानकारी पाएपछि ४ दिनसम्म सबेरै बिहान ३ बजेदेखि करिब ६ सय कृषकहरु सहकारीमा लाइन लागेका थिए । तर, सहकारीमा जम्मा १८० बोरा मात्रै मल वितरण गरेको थियो । अन्य सबै कृषको हात खाली भएपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुलाई मल वितरण गर्दै आएको सहकारीले ४ दिन सम्म झुलाई अन्तिममा मल दिन नसकिने जानकारी दिएपछी कृषकहरुले रित्तो बोरा लिएर जिल्ला प्रशासन कार्यालय घेराउ गरि नारा जुलुस गरि प्रदर्शन गरेका हुन् ।
रातिदेखि लाइन लागेर पनि मल नपाएपछि आक्रोशित बनेका कृषकहरु सहकारीबाट प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कृषकहरुले खाली बोरा टाउकोमा बाँधेर प्रर्दशनमा उत्री तत्काल मल उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका थिए ।
जग्गा बाँजो राखेमा जरीवाना तिर्नुपर्ने नीति ल्याउँदै गरेको सरकारले कृषकलाई मल वितरण गर्न समेत नसक्नु कहाँ सम्मको हास्यास्पद कुरो हो ? यसको नैतिक जिम्मेवारी लिनु पर्छकी पर्दैन ? यहाँनेरी जनताको पश्न छ ।अन्य मुलुकमा भए तालुकदार मन्त्रीले नैतिक जिम्मेवारी लिंदै राजीनामा दिईसक्यो । तर नेपालमा त्यो माहनता कसैले पनि देखाउन सकेका छै्रनन् ।
प्रतिक्रिया दिनुहोस्