इन्फिनिटी लघुवित्तको आइपीओ बुधबार बाँडफाँट हुने
जागरण न्युज
काठमाडौं, २० जेष्ठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट आगामी बुधबार बिहान १० बजे बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा हुनेछ । यस आइपीओमा कुल ६८ लाख ४ हजार कित्ताका लागि आवेदन परेको छ ।
इन्फिनिटी लघुवित्तको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आवेदन गर्ने अन्तिम दिनसम्ममा कुल ३ लाख ३२ हजार ९७५ जनाले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए । यसखआइपीओमा माग भन्दा करिव १०।८० गुणा बढी कित्ताका लागि आवेदन परेको छ ।
लघुवित्तले जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन गरेका हुन् ।
नवलपुरको गंैडाकोटमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोड ७४ लाख पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्