असार १४ गते काठमाडौंमा विदेशनीतिबारे राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, जेठ १९ । काठमाडौंमा असार १४ गते विदेशनीतिबारे राष्ट्रिय सम्मेलन हुने भएको छ ।
आगामी असार १४ गते नेपालको विदेश नीतिबारे राष्ट्रिय सम्मेलन हुने भएको हो ।
सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर भएका अध्ययनप्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
समग्रमा नेपालको आर्थिक विकासलाई कसरी अगाडि बढाउन सकिन्छ र त्यसका लागि कस्तो विदेश नीति अवलम्बन गर्ने भन्ने विषयमा धारणा बनाउन विदेशनीतिबारे राष्ट्रिय सम्मेलन गर्न लागिएको परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई राष्ट्रको मूल संकल्प बनाएर देश अगाडि बढेको छ । यो परिवर्तित सन्दर्भमा हाम्रो विदेशनीतिलाई अझ बढी प्रभावकारी बनाउन जरुरी छ ।
त्यसका निम्ति विभिन्न क्षेत्रको सुझाव लिनका लागि विदेशनीतिबारे राष्ट्रिय सम्मेलन गर्न लागएको छ ।’ मन्त्री ज्ञवालीले भने ।
परराष्ट मन्त्रालयको आयोजनामा हुने उक्त सम्मेलनमा संघीय संसदमा सांसदहरु, बिभिन्न क्षेत्रका विज्ञहरु, राजनीतिक दलका नेताहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, नीजि क्षेत्रको सहभागिता रहने भएको छ ।
सम्मलेनमा विकास तथा आर्थिकको विषयमा रहेर छलफल हुने भएको छ । यहि धारणा बनाएर नै सम्मेल गर्न लागीएको हो ।
प्रतिक्रिया दिनुहोस्