अर्थमन्त्री खतिवडाले भने – राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि परेको छैन्

काठमाडौं , जेठ १९ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६र७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, तर यसलाई सच्याइसकिएको समेत स्पष्ट पारे ।

“उपकरणले जोड्नुपर्ने अङ्क हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखियो । यसलाई सच्याइएको छ ।” उनले भने

अर्थमन्त्री खतिवडाले सङ्घीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण रु १७२ अर्बभन्दा माथि नजाने स्पष्ट समेत पारे ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा मीनेन्द्र रिजालले अर्थमन्त्रीले आर्थिक वर्ष २०७६र७६ को राजश्व र व्ययको वार्षिक अङ्कको अनुसूचीमा त्रुटि देखिएको भन्दै अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने अडान लिएका थिए ।

े “राजश्वसम्बन्धी बजेटको अनुसूचीको अङ्क कसरी त्रुटिपूर्ण भयो रु यसलाई सच्याइनुपर्छ ।” भनी उनले प्रश्न समेत गरेका थिए ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले संवैधानिक परिषद् र न्याय परिषद्ले गर्ने नियुक्ति समानुपातिक र समावेशी नभएको बताएका छन् ।

उनले संविधानको समानुपातिक र समावेशी सिद्धान्त विपरीत लोक सेवा आयोगले नौ हजार पदमा विज्ञापन खुला गरेकामा आपत्ति जनाए । साथै लोक सेवा आयोगले निकालेको विज्ञापन सच्याइनु पर्ने माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्