नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका अबरुद्ध, एक तर्फिमात्र सञ्चालन

काठमाडौं, १९ जेष्ठ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएकोले अबरुद्ध भएको जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई–तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्ला वर्षहरुमा पनि पहिरोका कारण यत्रुहरुले सास्ती बेहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्