छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत हालसम्म प्राधिकरणल ३० हजार भन्दाबढि गुनासा दर्ता
काठमाण्डौ, १८ जेष्ठ । भूकम्प प्रभावित जिल्लामा भूकम्प लाभग्राहि सूचिबाट छुटेहरुलाई समेट्ने अन्तिम प्रयास गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छुट तथा पुनः जाँच सर्वेक्षणमा अहिलेसम्म झण्डै ३० हजारले गुनासा दर्ता गरेका छन ।
गएको चैत १५ गतेबाट सञ्चालन भएको छुट तथा पुनःजाँच सर्वेक्षणमा ३२ जिल्लाबाट झण्डै ३० हजार गुनासा आएका हुन् । २०७२ सालको भूकम्पले क्षति गरेको तर अहिलेसम्म पनि विभिन्न कारणले लाभग्राहीमा नपरेको तथा गुनासोकर्ताका लागि छुट तथा पुनःजाँच सर्वेक्षणको अन्तिम समयसिमा जेठ मसान्त तोकिएको छ ।
गएको वैशाख मसान्तसम्म तोकिएको समय एक महिना थप गरिएको थियो । तर अहिले तोकिएको जेठ मसान्तको समयसीमा फेरि थप नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छुट तथा पुनःजाँच सर्वेक्षणका समितिका सदस्य सचिव तथा सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिनु थयो । गुनासो फस्र्यौटपछि केही लाभग्राही थपिनेछन् ।
आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री युवराज खतिवडाले छुट भएका तर वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण गर्ने बताउनु भएको छ । वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न साथै गैर प्रभावित समावेशका लागि सिफारिस गरेको भेटिए कारबाही हुने पनि प्राधिकरणले जनाएको छ । अझै समय सिमा बाँकी रहेकाले गुनासा दर्ता अझै बढ्ने छ । एकिन तथ्यांक आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्