त्रि.वि. शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण सफल, विदेश जानुपर्ने बाध्यताको अन्त्य
काठमाडौं, १८ जेष्ठ । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा डा.रमेश सिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण सफल भएको छ । नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको हो । डा. भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको थियो ।
३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो ।
नेपाल मै कलेजो प्रत्यारोपण सफल एफल भएपछि कलेजो प्रत्यारोपणको लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले जनाएको छ । भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव उनले बताए । कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो । ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए ।
वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारी जाकनरी दिए । सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उनले बताए ।
सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. सिंहले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थालेका थिए । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरेलगत्तै उनी आवश्यक तालिम लिन अष्ट्रेलिया पुगे । सन् २०१५ मा अष्ट्रेलियाबाट फर्केपछि भण्डारी प्रत्यारोपणको टिम बनाउनतिर लागे ।
आवश्यक जनशक्ति, तालिम र आवश्यक सामान तयार पार्न झन्डै २ वर्ष लाग्योको उनले बताए । १२ करोडभन्दा बढीको लगानीमा आवश्यकता अनुसारको ‘सेट अप’ तयार भएको बनाई छ । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपणको लागि आवश्यक सहयोग गरेका थिए ।
बिदेश जाुनपर्ने वाध्यताको पनि अत्य भएको छ । कम लागतमै उपचार संभव भईदिएको छ । यसबाट विरामीलाई विशेष राहत मिल्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्