राष्ट्र बैंकले गर्यो अजेय सुमार्गीका २२ बैंक खाता रोक्का
काठमाडौं, जेठ १७ । व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ।
अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरिदिएको हो ।
शुक्रबार राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ(संस्थाका बैंक खाताहरु रोक्का गरेको छ ।
यता सुमार्गीले भने अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्कागर्दै बैंकले आफुमाथि अन्याय गरेकोे आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्