बजेटले जनताको अपेक्षालाई सम्बोधन गरेको छ: अर्थमन्त्री खतिवडा

काठमाडौं, जेठ १६ । जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

जनताको अपेक्षालाई सम्बोधन अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको दाबि गरेका हुन् ।

बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको बताउदै जनताको दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक वर्ष्भित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अरब बजेटको व्यवस्था गरेको पनि स्मरण गराए । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पु¥याइएको बताए ।

अर्थमन्त्री खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको पनि बताए ।

गरिब र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको पनि अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले यस्ता विकासका कार्यक्रमलाई विशेष प्राथमीकता दिएको समेत स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्