बजेट भाषण : सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं , जेठ १५ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

सरकारले विभिन्न पदमा फरक- फरक अनुपातमा आधारभूत तलब बढाएको छ ।
सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढाएको हो ।

अर्थमन्त्री खतिवडाले सुरुको तलब ९व्यसिक० मा राजपत्र अनंकित २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको जानकारी दिए ।

यसबाट निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सरकारी सेवामा रहेकाहरु लाभान्वित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्