सरकारले हवाई क्षेत्रमा छुट्याइयो १५ अर्ब ८५ करोड, त्रिवि विमानस्थल २४ सै घण्टा सञ्चालन हुने
काठमाडौं, जेठ १५ । सरकारले हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड विनियोजन गरेको छ । सरकारले आज ल्याइको आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गरी २४ सैै घण्टा सञ्चालन गर्ने जनाएको छ ।
यस्तै गौतमबुद्ध विमानस्थको आगामी आर्थिक वर्ष्भित्र निर्माण सक्ने सरकारको लक्ष्य छ । यसैगरी सरकारले पोखरा विमानस्थल अघि बढान ८ अर्ब विनियोजन गरेको छ ।
सुर्खेतमा नयाँ विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने पनि जनाइएको छ । यस्तै रात्रीकालीन उडानको लागि पूर्वाधार नभएको स्थानमा पूर्वाधार विकास पनि गरिने भएको छ । नयाँ हवाइ मार्ग प्रयोगका लागि छिमेकी मुलुकसँग सम्झौता र समझदारी गरिने पनि सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्