स्थानीय तहले १ खर्ब २३ अर्ब सशर्त अनुदान पाउने , नेपाल भ्रमण वर्ष २०२० लाई विशेष महत्व

काठमाडौं, जेठ १५ । आगामी आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ ।

सशर्त अनुदानतर्फ प्रदेशमा ४४ अर्ब ५५ करोड विनियोजन गरिएको हो । स्थानीय तहमा १ खर्ब २३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । राजस्व बाँडफाँटमार्फत तल्ला सरकारलाई १ खर्ब ३१ अर्ब ८९ करोड जाने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई विशेष महत्व

नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिएर सरकारले पर्यटन पूर्वाधारलाई महत्व दिने । पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन । प्रमुख पर्यटकीय स्थललाई नाइस पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।

नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी र किल्लाको विकास गर्ने । पर्वतीय र कृषि, ग्रामीण, जलयात्रा, खेल पर्यटनजस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने र दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्ग बनाइने ।

प्रतिक्रिया दिनुहोस्