बानेश्वर, कोटेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण गर्न १ अर्ब ८५ करोड विनियोजन
काठमाण्डौ , जेठ १५ । सरकारले काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाण्डौ उपत्यकाको सडक विस्तार र सुधारका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । अहिले कलंकीमा मात्रै अण्डरपास निर्माण भएको छ ।
प्रतिक्रिया दिनुहोस्