हुलाकी राजमार्गलाई साढे १३ अर्ब, श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड

काठमाडौं , जेठ १५ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ ।

अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड बजेट छुट्याईको छ ।

२८ वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडकले अझै गति लिन सकेको छैन ।

श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड

आर्थिक वर्ष २०७६र०७७ को बजेटमा स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता दिइएको छ ।

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम र रोजगारीका क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्