स्वास्थ्य स्वयंसेविकाले अब वार्षिक ३ हजार यातायात भत्ता पाउने, कृषिमा ३४ अर्ब ६८ करोड

काठमाडौं – सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ ।

सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा यो व्यवस्था गरिएको छ।

कृषिमा ३४ अर्ब ६८ करोड

सरकारले कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोाषणा गरेका हुन् ।

त्यस्तै सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने घोषणा गरिने जनाइएको छ । बजेटमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गा्निक खेतीमा प्रोत्साहित गरिने जनाइएको छ ।

कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्