सरकारले बृद्धभत्ता १ हजार बढ्यो, अब मासिक ३ हजार भत्ता पाइने

काठमाडौं , जेठ १५ । सरकारले ७० भन्दा माथिका वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढाएको छ ।

हाल मासिक २ हजार रुपैया दिँदै आएकोमा अवदेखि मासिक रुपमा ३ हजार रुपैयाँ दिइने भएको छ । १३ लाख जेष्ट नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

साथै सरकारले यसै वर्षदेखि १ लाखसम्मको विमा योजना पनि ल्याएको छ ।

मधेशका २० जिल्लामा आर्से्निकमुक्त बनाउन बजेट ल्याएइको छ । सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको व्यवस्था गरिने ।

भुकम्पबाट क्षेति भएका खानेपानी आयोजना सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको छ । खुल्ला दिसामुक्त राष्ट्र बनाउँदै स्थानीय रुपबाटै जागरण ल्याइने छ ।

रोजगारमुलक कार्यक्रमलाई पहिलो प्राथमितकामा राखेको छ । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । अरुवाचरुवाका लागि पनि सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि ५ अर्व १ करोड विनियोजन गरेको छ ।

श्रम सम्बन्धी सम्झौतालाई कार्यन्वयन गरिने छ । वैदेशिक रोगजारीमा गएकाहरुलाई बैंकिङ प्रणालीमा ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्