खानेपानी क्षेत्रका लागि ४३ अर्ब ४६ करोड बजेटस् मेलम्ची खानेपानीको लागि ७ अर्ब ३९ करोड, सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने, ६ अर्ब बजेट

काठमाण्डौ , जेठ १५ । आउँदो वर्ष ९२ प्रतिशत नागरिक आधारभुत खानेपानीको पहुँचमा पुग्ने सरकारले जनाएको छ ।


सरकारले आउँदो आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको पानी काठमाण्डौ ल्याउने जनाएको छ ।

मेलम्चीको लागि आउँदो वर्ष ७ अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले खानेपानी र सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने, ६ अर्ब बजेट


सरकारले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । त्यसका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।

यस्तै सरकारले स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा उपलब्ध गराइने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणाका क्रममा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्