आर्थिक वर्ष २०७६र७७ को बजेट जारी : स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब विनियोजन, प्रदेश सरकारलाई ४४ अर्ब ५५ करोड अनुदान

काठमाडौं, जेठ १५ । सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने लगायतका योजनाहरु बजेटमा सुनाएका छन् ।

यस्तै प्राथमिक अस्पतालमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि सरकारले जनाएको छ । यस्तै सार्वजनिक स्थलमा धुम्रपान र मद्यपान पूर्ण रुपमा प्रतिबन्ध गरेको पनि सरकारले जनाएको छ ।
प्रदेश सरकारलाई ४४ अर्ब ५५ करोड अनुदान

सरकारले प्रदेश सरकारहरुलाई ४४ अर्ब ५५ करोड शसर्त अनुदान उपलव्ध गराउने भएको छ ।

बुधबार नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले आगामी वर्षमा २ अंकको आर्थिक बृद्धिदर हुने समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्