विहिबारदेखि मुग्लिन सडक १४ दिन बन्द हुने , कारण यस्तो छ
काठमाडौं , जेठ १४ । मुग्लिन सडक १४ दिन बन्द हुने भएको छ । मुग्लिन सडक खण्डमा विहिबारदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइने भएको हो ।
चितवन र तनहुँ जोड्ने मुग्लिनमा निर्माण भैरहेको पुलको दुवै तर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा बाटो बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।
सेक्टरका अनुसारका विहिबारदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बाटो बन्द गर्न लागिएको हो ।
यो बाटो बन्द हुँदा गण्डकी प्रदेश जाने यात्रुलाई समस्या भए पनि नारायणगढ मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ ।
गोरखाको ग्रामिण भेगमा जान सकिए पनि अरु ठाउँमा भने पूर्ण रुपमा रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्