समृद्धको लागि पर्यटन प्रवद्र्धन नै विकासको मुल स्रोतः अध्यक्ष प्रचण्ड
काठमाण्डौ जेठ १४ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निमार्णको निम्ति पर्यटनको विकास नै मुल स्रोत भएको बताएका छन् ।
अध्यक्ष दाहालले मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
देशको इतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि अध्यक्ष प्रचण्डले सबैलाई आह्वान गरे ।
देशको प्रकृति, विविधता र त्यसभित्रको सानदार एकता देशको समृद्धिका लागि अति उपयोगी समय भएको बताउदै अध्यक्ष दाहालले विकास निर्माणको कामलाई छिटोभन्दा छिटो गति दिनुपर्ने आवश्यक्ता रहेको औंल्याए ।
अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको तर्क गर्दै उनले गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवद्र्धन नै अवसर भएको बताए ।
एक अर्को प्रशंगमा अध्यक्ष दाहालले लामो संर्घषबाट प्राप्त लोकतन्त्र र संघियतालाई नै खतरामा पार्ने गरि मुलुकमा केहि तत्वहरुले खेलिरहेको बताउदै यस्ता जनता झुक्याउने छुट कसैलाई पनि नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्