निजगढ विमानस्थल निर्माणका लागि ९० करोड बजेट छुट्याइँदै

काठमाडौं, जेठ १४ । निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामलाई तिब्र रुपमा अगाडी बढाउन ९० करोड बजेट छुट्याइँदै छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामलाई तिब्र रुपमा अघि बढाइने भएको हो । विमान स्थल निर्माणका लागि बजेट मार्फत ९० करोड रुपैयाँ विनियोजन हुँदैछ । तर, यसको निर्माण सम्पन्न गर्न झण्डै सात खर्ब लाग्ने अनुमान छ ।

नेपालको तर्फबाट डिपिआर (डाइरेक्ट प्रोजेक्ट रिपोर्ट ) तयार हुन सकेको छैन ।
यसैगरी बजेटले राष्ट्रिय गौरवका आयोजनालाई चाँडै काम सक्ने गरी सम्बोधन गर्दैछ ।

अहिले १ हजार ४ सय ३० वटा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजना छन् ।

बिमानस्थल निर्माण पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगत पर्दछ । यसै मन्त्रालय मार्फत बजेट विनियोज हनेछ ।

राष्ट्रिय योजना आयोगले यस मन्त्रालयलाई आगामी आर्थिक बर्षको बजेटका लागि २१ अर्ब ४१ करोड ३५ लाख रुपैयाँको बजेट सिलिङ दिइएको छ ।

जसमा १ खर्ब ८८ करोड १५ लाख पुँजीगत खर्च, ३ अर्ब ३ कारेड ४८ लाख चालु खर्च र १६ अर्ब ४८ करोड वित्तिय खर्चको सिलिङ छ ।

यसैगरी पहाडी जिल्लामा कम्तीमा एक जिल्ला एक विमानस्थलको अवधारण अघि आइसकेको छ । बजेटले त्यसको अध्ययनको लागि सम्बोधन गर्ने योजना आयोगका एक सदस्यले जनाएका छन् ।

बजेटले आधुनिक पूर्वाधारको विकासमा पनि जोड दिनेछ । सडक सञ्जाल, रेलमार्ग ,जलमार्ग, सुरुङ आदिको निर्माणमा फोकस गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्