काठमाडौं–तराई/मधेश दुर्तमार्गको काम तीव्र, तोकिएकै समयभित्र सम्पन्न हुने

काठमाडौं, जेठ १४ । काठमाडौं–तराई/मधेश दुर्तमार्गको काम तीव्र गतिमा अगाडी बढीरहेको छ ।


नेपाली सेनाले काठमाडौं–तराईरमधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ ।

नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समयभित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उनले आगामी २०७९ साल असोज महिनाभित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको बताए ।

निर्धा्रित समय सीमाभित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँणले बताए ।

सो आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

७६ दशमलव २ किलो मिटर लम्बाई रहेको सो सडक आयोजनाको निर्माणको जिम्मेवारी नेपाली सेनालाई २०७४ साल श्रावण २७ गते दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्