धरहरा पुनर्निर्माणः ‘राफ्ट फाउण्डेशन’ निर्माण कार्य सुरु

काठमाडौँ, जेठ १४ । धरहराको ‘राफ्ट फाउण्डेशन’ निमार्ण कार्य सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

उनले निर्माणस्थल अवलोकन गर्दै पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताएका छन् ।
प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि धेरै फाइदा स्थानीय समुदायलाई नै हुने भएकाले काममा उनीहरूको सहयोगको अपेक्षा गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेख गरे ।

धरहरा टावरको ‘राफ्ट फाउण्डेशन’ को पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी(रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले निर्माण तालिकाअनुसार नै काम अघि बढेको र निर्माणका क्रममा स्थानीय समुदायबाट सहयोग प्राप्त भए काम गर्न अझै सहज हुने बताए ।

धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जीआईईटीसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको बताए ।

निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणको क्रममा स्थानीय समुदायबाट अझ सहयोग प्राप्त भए कार्य गर्न सहज हुने श्रेष्ठले बताए ।

फाउण्डेशनले नै धरहरा टावरको सबै भार थेग्ने भएकाले यो संरचना महत्वपूर्ण मानिन्छ । टावरको भार करीब १०० टन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्