इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, दुई जना मारिए, ५० भन्दा बढी पक्राउ

काठमाडौं । इरानमा मूल्यबृद्धिबिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् ।

इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् ।

प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

राष्ट्रपतिले भने तीन दिनयता जारी प्रदर्शनमा सामेल नहुन चेतावनी दिएका छन् ।

प्रदर्शनकारीले भने अबैधानिक आर्थिक संस्थाका कारण मूल्यबृद्धी आकाशिएको भन्दै राष्ट्रपतिले राजीनामा नदिएसम्म विरोध कायम रहने जनाएका छन् ।

इरानी अधिकारीहरुले भने प्रदर्शनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुने जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान सरकारलाई जनताको सम्बोधनको माग गर्न सुझाव दिनुभएको छ ।

ट्रम्पले इरानमा प्रदर्शन चर्केकामा अमेरिकाको ध्यानाकर्षण भएको भन्दै जनताको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्