आर्थिक वर्षकोे बजेट जेठ १५ गते, ४ बजे संसदमा प्रस्तुत हुने !

काठमाडौं , जेठ १३ । आर्थिक वर्ष २०७६र७७ को बजेट जेठ १५ गते प्रस्तुत हुने भएको छ । अपरान्ह ४ बजे संसदमा बजेट प्रस्तुत हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी दिएका हुन् ।

सभामुख महाराले प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह आग्रह गरेका छन् ।

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्