रााष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्ने सरकारको तयारी,
काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी थालेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गरे संगै सरकारले अबको मन्त्रीपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने तयारी गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक प्रावधान छ ।
सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख पनि आगामी बैठकमा तोक्ने तयारी थालेको हो। नेकपा एमालेले पनि अध्यादेश जारी भएसँगै नयाँ सरकार गठनको बाटो खुल्ने बताएको छ ।
समानुपातिक तर्फका सांसदहरुको चयन सँगै प्रतिनिधिसभाले पुर्णता पाउने छ । आयोगले निर्वाचनको परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपति समक्ष वुझाउनुपर्ने व्यवस्था छ ।
त्यसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीका लागि आह्वान गर्नुहुनेछ । प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्