मेलम्ची आयोजनाको अम्बाथान-ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु
काठमाडौं । मेलम्ची आयोजनाको सुरुङअन्तर्गत् अम्बाथान -ग्याल्थुम खण्डको ब्रेक-थ्रु आज हुने भएको छ । करिब ८ किलोमिटरको खण्डको ब्रेक-थ्रु आज गर्ने योजना रहेको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।
अर्को खण्ड पनि जनवरीभित्रै ब्रेक–थ्रु गर्ने योजनामा काम गरिरहेका देवकोटाले बताउनुभयो । दुवै खण्ड ब्रेक–थ्रु भएपछि सुरुङ खन्ने काम सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्