एशियाली विकास बैंकले प्रदेश १ मा डेढ खर्ब लगानी गर्ने

काठमाडौ, ४ जेठ । एशियाली विकास बैंकले प्रदेश १ मा डेढ खर्ब लगानी गर्ने भएको छ । बैंकले प्रदेश नम्बर १ का मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैंकले डेढ खर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

बैंकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाण्डौमा सरोकारवाला स्थानीय तहका प्रमुखहरुसँग छलफल चलाएको छ । बैंकले आगामी तीन वर्षभित्रै आयोजना सुरु गर्ने गरी लगानी गर्न लागेको हो ।

प्रदेश नम्बर १ मा यति ठूलो रकम एकै पटक एशियाली विकास बैंकले लगानी गर्न लागेपछि स्थानीय तह हौसिएका छन । विराटनगर, दुहवी, इटहरी, इनरुवा, धरान र दमक शहरको स्तरवृद्धिको लागि यो लगानी हुन लागेको हो ।

आगामी डेढ वर्षभित्रै योजना छनौट गरी सरोकारवाला नगरपालिकासँग सहकार्य गरेर डीपीआर तयार हुने भौतिक पूर्वाधार मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्