बुद्ध पूर्णिमामा २ हजार ६ सय बिरुवा लूम्बिनीमा रोप्ने, भव्य बनाउन रु.४ करोड १९ लाख बजेट विनियोजन

काठमाडौं, २ जेष्ठ । लुम्बिनी विकास कोष बुद्ध जयन्ती (बुद्ध पूर्णिमा) लाई भव्य रुपमा मनाउनका लागि तयारीमा जुटेको छ । यसको लागि ५ नं. प्रदेश सरकारले रु.४ करोड १९ लाख बजेट समेत छुट्याएको छ ।

लुम्बिनी विकास कोष र प्रदेश सरकारले विभिन्न समिति, उपसमिति गठन गरेर काम गरिहेका छन् । प्रदेश सरकारले लुम्विनी भम्रण बर्षमा २० लाख पर्यटन भित्राउने लक्ष्य लिएको छ । लुम्बिनी विकास निमित्त सदस्य सचिव सरोज भट्टराईले बुद्ध पूर्णिमाको सम्पूर्ण तयारी पुरा हुन लागेको र सबै समिति तथा उप समितिहरुले चुस्त रुपमा काम भईरहको बताए ।

त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार लुम्बिनी पुग्ने कार्यक्रम तय भएको छ । शनिबार बुद्धपूर्णिमाको अवसरमा तय गरिएको लुम्बिनी दिवसको विशेष कार्यक्रमको एक दिन अघि नै प्रधानमन्त्री त्यहा पुग्न लागेको हुन् ।

शुक्रबार प्रधानमन्त्रीले कपिलवस्तुको तिलौराकोट अवलोकन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । त्यसतै प्रधानमन्त्री ओली शुक्रबार साँझ मायादेवी मन्दीरमा दिप प्रजज्लन गर्ने कार्यक्रम पनि रहेको छ ।

वैशाख ४ गते अर्थातबुद्ध पूर्णिमा दिन शनिबार बिहान प्रधानमन्त्रीले ध्यान गर्ने र विक्षारोपण गर्ने कार्यक्रम रहेको छ । यस्तै शान्र्ति यालीमा पनि सहभागी हुनेछन् । त्यस दिन २ हजार ६ सय बिरुवा लूम्बिनीमा रोप्ने कार्यक्रम समेत रहेको छ ।

बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइँदै छ । जसको औपचारिक कार्यक्रम बिहान ११ बजेदेखि नै शुरु हुने छ । सो कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहनेछ । यस्तै संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मूख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्धमार्र्गी, भिक्षुलगायतको सहभागीता रहने छ । कार्यक्रमलाई भव्य र व्यवस्थीत बनाउनको लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव भट्टराईले जारगण न्युजलाई जानकारी दिए ।
उनले अहिलेसम्म १७ लाख पर्यटन आएको र यो भ्रमण बर्षमा २० लाख पूर्याउन गाह्रो नहुने बताए । लुम्बिनीमा आन्तरिक पर्यटक वृद्धि गर्नको लागि प्रदेश सरकारले जोड दिँदै आएको छ । आन्तरिक पर्यटक भित्र्याउन प्रदेश सरकारले वर्षैभरी विविध कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्