प्रदेश नं. पाँचको बजेट अधिवेशन आजदेखि सुरु

काठमाडौं, २ जेष्ठ । पाँच नं. प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन सुरु भएको हो ।

आज बिहीबार सुरु भएको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनु भएको छ । सभामा बोल्ने सांसदहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिएका छन् ।
प्रदेश पाँचको सरकार असार १ गतेभित्र बजेट पेश गर्ने गरी बजेट निर्माणमा जुटेको छ ।
यसका लागि सबै पक्षसंग छलफल गरिरहेको छ ।
प्रदेश पाँचको सभाको अर्को बैठक जेष्ठ ९ गते बस्ने सूची सचिवालयले तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्