तीन दिने अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुँदै

काठमाडौं, १ जेष्ठ । नेपालमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९ आयोना हुँदैछ खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा जेठ ३ देखि ५ गते सम्म अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९ हुन लागेको हो ।

प्रधानमंत्री के पी शर्मा ओलीले यस एक्स्पोको समुद्घाटन सुसम्पन्न हुने भएको छ । विभागको परिसर लैनचौरमा २०७६ जेठ ३ गते शुक्रवार विहान १०ः३० बजे एक्स्पो समुद्घाटन समारोह प्रारंभ गरिने छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मंत्री मातृका प्रसाद यादव, अर्थमंत्री डा युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल, उद्योग सचिव यम कुमारी खतिवडा, महानिर्देशक डा. सोम नाथ सापकोटा र भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सीलका अध्यक्ष प्रमोद कुमार अग्रवालले संवोधन गर्नु हुने कायक्रम छ ।

एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम कटिङ्ग) २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल रहेका छन् ।

एक्स्पो उद्घाटन समारोह पश्चात विभागकोे अडियोटरियममा जेम एण्ड ज्वेलरीको प्रवद्र्धन, निर्यात विस्तार एवं आयात प्रतिस्थापन वारे गोष्ठी आयोजना गरिनेछ ।

दुई सत्रमा संचालन हुने गोष्ठीको प्रथम सत्रको अध्यक्षता श्रीमान उद्योग सचिवज्यू र दोस्रो सत्रको अध्यक्षता महानिर्देशक डा. सोम नाथ सापकोटाले गर्नु हुनेछ । गोष्ठीमा विभागका उपमहानिर्देशक राम प्रसाद घिमिरे, सु.मा.ई. (सह–सचिव) जय राज घिमिरे र महासंघका अध्यक्ष रमेश महर्जनले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । साथै भारतको जेम एण्ड ज्वेलरी एक्स्पोट प्रमोशन काउन्सिलका अध्यक्ष प्रमोद कुमार अग्रवालज्यूले जेम एण्ड ज्वेलरी क्षेत्रमा भारतको अनुभव वारे कि नोट स्पीच र भारत स्थीत जेमोलजिकल इण्ष्टीच्यूट अफ अमेरिका विशेषज्ञले जेमोलजि शिक्षा र निकुञ्जका विशेषज्ञ निकुञ्ज शाहले जेमको प्रशोधन तथा कटिङ्ग आदिमा प्रयोग हुने मेसिनरी एण्ड टक्नोलोजी वारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । प्रस्तुत कार्यपत्र माथि नेपाल सरकारका पदाधिकारी एवं निजी क्षेत्रका प्रतिनिधिहरुले टिप्पणी गर्नु हुनेछ ।

एक्स्पोमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल हस्तकला महासंघका साथै एनआइसी एसिया बैंक, होटल एम्बेसेडर, सगरमाथा इन्सुरेन्स कम्पनी, नेपाल मेडिसिटी हस्पिटल, द न्यू ज्वेलर्स मिडिया (यु.ए.ई, सिङ्गापुर, श्रीलंका, भारत), रामसार मिडिया, ईभेन्ट सन्सार, सिमेन्ट म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल, युनाईटेड सिमेन्ट, मारुती सिमेन्ट, एक्जिविसन लाइट हाउस, महर्जन कम्प्लेक्स आदि समर्थक संस्थाको रुपमा रहेका छन् ।

रत्न पत्थर तथा आभुषणको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले आयोजित यस एक्स्पोलाई सफल पार्न संचार क्षेत्रवाट पूर्ण महत्वपुर्ण सहयोग प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं । 
प्रतिक्रिया दिनुहोस्