उद्योग मन्त्री यावदमाथी हातपातको प्रयास, घुस लिएको कर्मचारीको आरोप
काठमाडौं, १ जेष्ठ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा हातपाटको प्रयास भएको छ ।
सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको हो । उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपातको प्रयास गरेका जनाएको छ ।
उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।
मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच हातपातको प्रयास भएको स्रोतले जनाएको छ ।
मन्त्रालयका सहसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए । तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको पछि विवाद शूरु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रीको सचिवालयका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा नै कुटाकुट भएको हो । कर्मचारी नेताको समूहले स्वकीय सचिव आचार्यले घुस लिएर खड्कालाई विभागमा पठाएको आरोप लगाएको छ ।
मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको दावी गरेको छ । मन्त्री यादव विगतमा पनि विवादमा आईरहने मन्त्री हुन् ।
प्रतिक्रिया दिनुहोस्